एमालेका माधव नेपालसहित १४ सांसदमाथि कारवाही
मेरोन्यूज
२०७८ भदौ १ गते १७:०४

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
उनीहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ । यस्तै सांसदलाई कारबाही गरेकाबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको बताइएको छ । कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।
कारबाहीमा पर्ने सांसदमा माधव कुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, मेटमणी चौधरी, विरोध खतिवडा, पुष्पाकुमारी कर्ण, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, कृष्णलाल महर्जन, भवानी खापुङ, निरादेवी जैरु, सरला यादव, कलिला खातुन रहेका छन् ।
सम्बन्धित










निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया