अफगानिस्तानमा विकसित घटनाक्रमबारे सरकारको धारणा सार्वजनिक
मेरोन्यूज
२०७८ भदौ १ गते २०:५७

काठमाडौं । सरकारले अफगानिस्तानमा विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं । अफगानिस्तानमा मानव जीवन, सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न अपिल गर्दछौं । अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गर्दछौं ।’
सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित










एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया