अफगानिस्तानमा विकसित घटनाक्रमबारे सरकारको धारणा सार्वजनिक
मेरोन्यूज
२०७८ भदौ १ गते २०:५७

काठमाडौं । सरकारले अफगानिस्तानमा विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं । अफगानिस्तानमा मानव जीवन, सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न अपिल गर्दछौं । अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गर्दछौं ।’
सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
















दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया