जसपाले सरकारमा सहभागिताको विषय आज टुङ्ग्याउने
मेरोन्यूज
२०७८ भदौ २ गते ९:३६

काठमाडौं । जनता समाजवादी पार्टी जसपको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दै छ ।
हिजो पहिलो दिनको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् । अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् ।
दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ–आफनो धारणा राखेका छन् । आज पनि सोही प्रतिवेदनमाथि केन्द्रीत भएर छलफल हुने नेता प्रदीप यादवले जानकारी दिए ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिताको विषयमा पनि छलफल हुने नेता यादवले बताए ।
बैठक बिहान ११ बजे काठमाडौंको डिल्ली बजारस्थित अमृतभोग पार्टी प्यालेसमा बस्ने छ ।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि बसेको जसपा केन्द्रीय समितिको यो पहिलो बैठक हो ।
सम्बन्धित
















दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया