बालबालिकालाई गण्डकी प्रदेशको पाँच हजार सहयोग

कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले रकम प्राप्त गर्नेछन् ।
वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम राहत वितरणका लागि शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरुआत गरिसकेको जनाएको छ ।
कार्यक्रम कार्यान्वयनका लागि प्रदेशका ८५ वटै स्थानीय तहलाई त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरेर पठाउनका लागि आग्रह गरिएको मन्त्रालयका शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले बताए ।
उनले भने, “बजेट तथा नीति कार्यक्रममा कोभिड सङ्क्रमणका कारण बाबु वा आमा गुमाएकालाई नगद राहत प्रदान गर्ने व्यवस्था भएबमोजिम सोको कार्यान्वयनका लागि पीडित बालबालिकाको विवरण पठाउन गण्डकी प्रदेशका सबै स्थानीय तहलाई परिपत्र गरेका छौं । विवरण प्राप्त भएपछि सोको अध्ययन गरेर वास्तविक लाभग्राहीलाई राहत रकम दिन्छौै ।”
सहयोग रकम प्राप्त गर्नका लागि कोभिडका कारण मृत्यु भएका अभिभावकको पिसिआर रिपोर्ट, स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यु भएको भए सो खुल्ने कागजात, वडाको सिफारिस, विद्यालयमा अध्ययन गर्नेको हकमा विद्यालयको सिफारिस तथा हाल संरक्षकत्वको विवरण आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।
यसका लागि हाल ३० लाख बजेट अख्तियारी प्राप्त भएको र प्राप्त विवरणका आधारमा आवश्यक बजेट व्यवस्था हुने महाशाखा प्रमुख लम्सालले जानकारी दिए ।
मन्त्रालयले राहत रकम वितरणका सम्बन्धमा कार्यविधि बनाउन लागेको छ । वर्षमा एकैपटक वितरण नगरिकन चरणवद्धरूपमा सम्बन्धित व्यक्तिलाई रकम प्रदान गरिने जनाएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया