कम्युनिष्ट पार्टीभित्र कै फाँसीवादी प्रवृत्तिप्रति लड्न बाध्य भइयोः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिवादी प्रवृत्ति हावी हुँदा लक्ष्यमा पुग्न कठिनाई भएको बताएका छन् ।
रामवृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले पार्टीको सिद्धान्तमा अडिग हुनुपर्ने बताए ।
माओवादी कै त्याग र बलिदानबाट मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले आग्रह, पूर्वाग्रह, अवसर र स्वार्थमाथि विजय हासिल गर्न आफुभित्रका कमीलाई सच्याउने संकल्प गर्नुपर्ने बताए ।
विभिनन कालखण्डमा भएका र कम्युनिष्ट आन्दलनपछि प्राप्त भएको उपलब्धी धरासायी बनाउन कम्युनिष्ट पार्टीभित्रै फाँसीवादी प्रवृत्ति हावी भएकाले त्यस्ता प्रवत्तिप्रति नझुक्ने अडान सहित संघर्षमा होमिनुपरेको उनको भनाई थियो ।
मुलुकमा संघीय लोकतानित्रक गणतन्त्र स्थापनापछि संविधान जारी भउपनि समाजवादको यात्रा अझै जारी रहेकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया