दल विभाजनसम्बन्धि अध्यादेश आजै जारी हुने
मेरोन्यूज
२०७८ भदौ २ गते १२:५०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने भएकी छन् । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्ले दल विभाजन गर्ने अध्यादेश जारी गरी शीतल निवास पठाएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेकी हुन् । शीतल निवासले सरकारले सिफारिस गरेको प्रक्रियाअनुसार अघि बढ्नु पर्ने निष्कर्ष निकाल्दै अध्यादेश जारी गर्ने भएको हो । राष्ट्रपतिले अध्यादेश जारी गर्नुपहिले कानुनविद्सँग छलफल गर्ने भएकी छन् ।
अध्यादेशअनुसार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए पनि दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुनु पर्ने उल्लेख थियो ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया