बागमती प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद गठन
मेरोन्यूज
२०७८ भदौ २ गते २२:११
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले एमालेका कृष्ण खनाल र केशवराज पाण्डेलाई मन्त्री बनाइकी छन् ।
खनाल सामाजिक विकास मन्त्री र पाण्डे आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो । बाँकी चार मन्त्रालय मुख्यमन्त्री शाक्यले तत्कालको लागि आफै राखेकी छन् ।
बुधबार डोरमणि पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख विष्णु प्रसाईंलेले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका थिए । एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा सरकार परिवर्तन भएको हो ।
सम्बन्धित
प्रतिक्रिया