बागमती प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद गठन
मेरोन्यूज
२०७८ भदौ २ गते २२:११

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले एमालेका कृष्ण खनाल र केशवराज पाण्डेलाई मन्त्री बनाइकी छन् ।
खनाल सामाजिक विकास मन्त्री र पाण्डे आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो । बाँकी चार मन्त्रालय मुख्यमन्त्री शाक्यले तत्कालको लागि आफै राखेकी छन् ।
बुधबार डोरमणि पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख विष्णु प्रसाईंलेले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका थिए । एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा सरकार परिवर्तन भएको हो ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया