आजको राशिफलः यी राशिका व्यक्तिको दिन उत्तम छ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको ३ गते बिहीबार, श्रावण शुक्लपक्षको द्वादशी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
पेशागत जीवन सामान्य र ठिक नै रहेता पनि अपेक्षाकृत प्रगति भने देखिने छैन् । बोलीमा कडापन आउने भएकाले परिवारमा कटुताको वातावरण बन्न जाने भएकाले सतर्क रहनु होला । एकपछि अर्काे गरि आउने विचारहरुले निर्णय क्षमतामा गिरावट ल्याउने छ ।
वृष
साहसिक ब्यक्तित्व बन्ने छ । दृढतामा बृद्धि हुने छ तर बोलीमा अत्याधिक रुखोपन हुने भएकाले यसबारेमा ध्यान दिनु होला । दाम्पत्य जीवनमा सतर्कताको आवश्यकता छ, खासगरी जीवनसाथिबाट बढि दबाब महशुस हुने छ । भाग्यको साथ रहेकाले पेशागत जीवन सहज बन्न जाने छ ।
मिथुन
मनमा दृढता आउने छ भने शान्ति पनि प्राप्त हुने छ । पैतृक सम्पत्ति आफू अनुकुल परिचालनको अवसर प्राप्त हुने छ । परिवारको पूर्ण साथका कारण सुख सुविधा प्राप्त हुने छ । पेशागत जीवनमा भने समस्या आउने छ । दृढ खाले ब्यक्तित्व भएता पनि रिस अति धेरै उठ्ने भएकाले घमण्डि जस्तो ब्यक्तित्व हुन जाने भएकाले विचार गर्नु होला । राजनीतिक जीवनमा रहेकाहरुलाई समय अशुभ छ ।
कर्कट
परिवारको साथ मिलेर काम गरेमा कमाई गर्न सकिने छ । सन्तान सुखमा कमि आउने छ । दाम्पत्य जीवनमा सुखद् अनुभुति हुने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुने छ । पाचन प्रणालीसँग सम्बन्धी रोगले सताउने छ ।
सिंह
कमाई गर्नु पर्दछ र आफ्नो सपना पुरा गर्नका लागि जस्तो सुकै जोखिम मोल्न तयार हुने स्वाभाव देखा पर्दछ । बोली नरम हुने छ । यस्तो अवस्थामा ब्यक्तिलाई आफ्नो लक्ष्य प्राप्तिमा हिंसात्मक समेत बनाउने भएकाले यसबारेमा विचार भने अवश्य पुर्याउनु होला ।
कन्या
चलाख स्वाभावको व्यक्तित्व हुने छ । कमाइमा भएको बृद्धिले सन्तोष प्राप्त हुने छ । सितल स्वाभाव हुने भएकाले अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा केही अस्वाभाविक समस्याहरु देखा पर्न जाने भएकाले सजग रहनु होला । ब्यवस्थापन, वाणिज्य, पत्रकारिता, ब्यापार क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
तुला
पेशा तथा रोजगारी गुमाउनु पर्ने अवस्था निम्तिन सक्छ । रोजगारी तथा पेशामा बाधा अड्चन देखा पर्ने छ । मनमा उदासिनता देखा पर्ने छ । आत्मबलको कमी हुनाले प्रतिकुल समयसँग जुध्न सक्दिन जस्तो लागि रहने छ । नेतृत्व क्षमतामा कमि आउने भएकाले आवश्यक निर्णय लिन निकै बिलम्ब हुने छ ।
वृश्चिक
नकारात्मक सोचाई र विचारले घेर्ने भएकाले मनमा सकारात्मक विचारहरुबारे चिन्तन बढाउनु होला । मनोबलमा कमि हुन जाने छ । भाग्यको साथका कारण आम्दानीमा बृद्धि हुने वा आम्दानी हुने क्षेत्र सकारात्मक बन्न पुग्ने छ । शारीरिक रुपमा कमजोरी हुने छ भने आलस्य लाग्ने छ ।
धनु
भाग्यको साथ रहेकाले प्रतिकुल अवस्थामा पनि टिकिरहन ठुलो उर्जा प्राप्त हुने छ । कुरा काट्नेहरु धेरै हुने छन् भने पेशागत जीवनमा चुक्लि लगाउनेहरु धेरै हुने भएकाले सतर्क रहनु होला । पारीवारिक सदस्यहरुको सहयोगबाट केही राहत मिल्ने छ ।
मकर
प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले शत्रु तथा प्रतिष्पर्धीहरुसँग जित हासिल हुने छ । दृढ स्वाभाव हुने भएकाले कसैले पनि हेप्न सक्ने छैन् । तर अलि क्रुरताको मात्रा बढ्न जाने भएकाले यसबारेमा विचार गर्नु होला ।
कुम्भ
आम्दानीमा हुने बृद्धिले मनमा केही सन्तोष दिने भएता पनि अधिकांश प्रतिशत मनमा उदासिनता आउने छ । ज्ञान, करुणा, वृहत्तर सोचाई तथा दार्शनिक सोचाई आउने छ ।साझेदारीमा गरिएका कामहरुमा गम्भीरखाले द्वन्द आउने र फुटसम्म लैजाने छ ।
मीन
मेहनत र पराक्रमी भावमा बढोत्तरी हुने छ । मनमा दृढताको कमि हुने हुँदा दुविधात्मक ब्यक्तित्व बन्न जाने छ । भाग्यको साथ कम रहेकाले मेहनत धेरै तर ढिला प्रतिफल प्राप्त हुने छ । आम्दानीमा हुने थोरै बृद्धिले राहत प्रदान गर्ने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, लेखन, पत्रकारिता जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल रहने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया