सोमबार, माघ ७, २०८१

एमालेबाट छुट्टिएकोमा नेता नेपाललाई भट्टराईको बधाइ

मेरोन्यूज २०७८ भदौ ३ गते ९:३८

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएकोमा नेता माधव कुमार नेपाललाई बधाई एिका छन् । उनले ट्वीटरमा नेकपा एमालेलाई थोत्र घर भन्दै नयाँ पार्टी बनाएकामा नेता नेपाललाई बधाई दिएका हुन् ।

Advertisement

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले माधव नेपाललाई भनेका छन्, ‘ढिलै भए पनि आफैंले बनाएको तर थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाउन लागेकोमा नेपालसहितका नेतालाई बधाइ तथा शुभकामना ।

उनले थपेका छन् ‘ पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो मानिन्न तर पुरानोको ध्वंसविना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् !’

नेता नेपालले हिजो निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया