मंगलबार, चैत १७, २०८२

एमालेबाट छुट्टिएकोमा नेता नेपाललाई भट्टराईको बधाइ

मेरोन्यूज २०७८ भदौ ३ गते ९:३८

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएकोमा नेता माधव कुमार नेपाललाई बधाई एिका छन् । उनले ट्वीटरमा नेकपा एमालेलाई थोत्र घर भन्दै नयाँ पार्टी बनाएकामा नेता नेपाललाई बधाई दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले माधव नेपाललाई भनेका छन्, ‘ढिलै भए पनि आफैंले बनाएको तर थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाउन लागेकोमा नेपालसहितका नेतालाई बधाइ तथा शुभकामना ।

उनले थपेका छन् ‘ पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो मानिन्न तर पुरानोको ध्वंसविना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् !’

नेता नेपालले हिजो निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया