अध्यादेश रणनीतिले देउवालाई राहत, घट्यो उपेन्द्र यादवको बार्गेनिङ पावर

काठमाडौँ । सर्वोच्च अदालतमा १३९ सांसद सशरीर उपस्थित भएर हस्ताक्षर गरेका र ७ सांसदले मञ्जुरीनाममा दिएका कारण संविधानको धारा ७६ को उपधारा (५) बमोजिम संवैधानिक इजलासको परमादेशबाट २९ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए । त्यसको ६ दिनपछि प्रतिनिधि सभाबाट विश्वासको मत लिँदा उनको पक्षमा मत दिने सांसदको संख्या बढेर १६५ पुग्यो ।
तर, देउवा आगामी निर्वाचनसम्म सत्ता चलाउन पाउँछु कि पाउन्न भन्नेमा ढुक्क थिएनन् । किनकि प्रमुख प्रतिपक्षी दल एमाले एकजुट भएमा जतिबेला पनि सत्ताबाट बाहिरिन पर्ने त्रास देउवामा थियो । उनले त्रासबाट मुक्त हुन राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने रणनीति बनाए । त्यसमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह र निर्वाचन आयोगले दलविहीन बनाइदिएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई नयाँ दल बनाउन सहज बन्नेगरी व्यवस्था गर्ने जानकारी गराए ।
जब नेपाल र ठाकुर सहमत भए, त्यसपछि मंगलबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक बसालेर संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशत पुराए दल विभाजन गर्न सक्ने व्यवस्था राखियो ।
त्यो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार स्वीकृत गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले टुक्रिएर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले (समाजवादी) बनेको छ । महन्थ ठाकुरको अध्यक्षतामा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) बनेको छ ।
यसले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार बनाउन व्यक्तिगत रूपमा मत दिए पनि एमालेको नेपाल समूहका सांसदलाई सरकारमा आउँदा पार्टीले कारबाही गरे सांसद पद जाने त्रास हटेको छ । किनकि नयाँ पार्टी भएपछि ओलीले सांसदबाट कारबाही गर्न सक्दैनन् । अर्कोतर्फ पार्टी फुटेपछि ओलीसँग पार्टीभित्रै सहमति हुने सम्भावना पनि दुर भयो ।
उता उपेन्द्र यादवले राम्रा मन्त्रालय नदिएमा सरकारमा नजाने र समर्थन फिर्ता लिने चेतावनीको डरबाट पनि देउवा मुक्त भएका छन् । किनकि उपेन्द्रले छोडेर ठाकुरको पार्टी आउँदा पनि बहुमत पुग्छ । अब देउवासँग अहिले नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४८, नेकपा एमाले समाजवादीका २३ सांसद प्रतिनिधि सभामा भएका छन् । यी सबै जोड्दा १३२ पुग्छ । २७१ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुग्न १३६ सांसद आवश्यक पर्छ । त्यो संख्या पुरायाउन उपेन्द्रलाई जे भन्यो त्यही गर्न पर्ने अवस्था रहदैन । किनकि ठाकुरले दर्ताका लागि निवेदन दिएको नयाँ पार्टीसँग पनि प्रतिनिधि सभाका १२ सांसद छन् । त्यसले पनि सत्ता बचाउन आवश्यक पर्ने प्रयाप्त बहुमत पुग्छ ।
कांग्रेसका एक नेता भन्छन्, ‘नेताहरुबीच कांग्रेसलाई ७, माओवादीलाई ६ तथा नेकपा एमाले समाजवादीलाई ५ र जनता समाजवादी पार्टीलाई ५ मन्त्रालय दिने सहमति बनेको छ । त्यसमा नमानेमा जनता समाजवादी पार्टीलाई मनाउन धेरै मन्त्रालय दिएर मनाउन पर्ने अवस्था छैन । ठाकुरजीको पार्टीलाई मिलाए पनि हामीसँग बहुमत पुग्छ ।’
अहिले उपेन्द्रले आफूलाई ६ मन्त्रालय दिनुपर्ने दाबी गरिरहेका छन् । अब भने त्यो दाबी गरेमा उनलाई छोडेर ठाकुरलाई हातमा लिने रणनीति पनि देउवाले अख्तियार गर्न सक्छन् ।
यसले उपेन्द्र यादव भने देउवासँग असन्तुष्ट देखिएका छन् । यादवले बुधबार साँझ नै देउवालाई अफ्टेरोमा सहयोग गरेको गुन बिर्सिएको भन्दै आफू असन्तुष्ट रहेको सन्देश पुरायाएको स्रोतले बतायो ।
यतिमात्र होइन देउवाले आगामी निर्वाचनमा पनि पार्टीलाई सहज हुने वातावरण सृजना गराएका छन् । किनकि अहिलेसम्म गठबन्धन गर्ने कुरा छ । निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले गठबन्धन गरेन भने पनि बलियो हुने अवस्था एमाले विभाजनपछि पहाडमा देखिएको छ । मधेसमा कांग्रेस बलियो हुने अवस्था जनता समाजवादी पार्टी विभाजनपछि देखिएको छ ।
















मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने
उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
प्रतिक्रिया