नयाँ पुस्तालाई बाटो देखाइदिनु पर्छ : डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले छाडेर माधव कुमार नेपालले गठन गरेको नेकपा एमाले (समाजवाद)सँगै देश याँ मोडेलमा गएको बताएका छन् । उनले नेकपा एमाले (समाजवादी) पार्टी गठन भएसँगै देश समाजवादमा गएको संकेत गरेको बताएका हुन् ।
बिहीबार काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा उनले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपाल जीले एमाले (समाजवादी) भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ, त्यो आजको आवश्यकता हो ।’
कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई आफूहरूले नयाँ बाटो देखाइदिनु पर्ने बताए । यदि, नयाँ बाटो देखाइदिन सके नेपालले विश्वलाई नयाँ गति दिन सक्ने उनको भनार्इ थियो ।
‘हामी ७० आसपास भएकाले धेरै गर्न नसकौँला, तर युवा पुस्तालाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,’ उनले भने ।









बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया