मंगलबार, चैत १७, २०८२

पार्टीविरुद्ध कुप्रचार गरेको भन्दै विप्लवको पार्टीको आपत्ति

मेरोन्यूज २०७८ भदौ ३ गते १९:३२

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको नाम दुरुपयोग गर्दै आफ्ना नेता तथा कार्यकर्ताविरुद्ध निचस्तरको कुप्रचार गरेको प्रति आपत्ति जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कतारमा मजदुरी गदै आएका बेद बोहरा नाम गरेका ब्यक्तिले पार्टी नाम दुरुपयोग गदै पार्टीका समर्थक विरुद्ध अत्यन्त नीचस्तरको कुप्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

उक्त पार्टीका विदेश विभागका प्रमुख धर्मेन्द्र बास्तोला (कञ्चन)ले विहिवार एक वक्तब्य जारी गदै बोहोराले कथित जनप्रगतिशील मोर्चा मध्यपूर्वको संयोजक बनी नेपाल कम्युनिष्ट पार्टी र यसका समर्थक व्यक्तिहरू विरुद्ध कुप्रचार गरेको भन्दै आपत्ति जनाएका हुन् ।

बेद बोहरा

पार्टी र क्रान्ति विरुद्ध अनेक प्रकारको भ्रम सृजना गर्ने, अनुशासनहीनतालाई बढावा दिने, अराजकता उत्पन्न गर्ने र फुट पैदा गर्ने षड्यन्त्रको कडिका रुपमा यो घटनालाई नेपाल कम्युनिष्ट पार्टीले लिएको कञ्चनले वक्तब्यमा उललेख गरेका छन् ।

विदेशमा रहेर नेपालीहरू माझ चलिरहेको वैज्ञानिक समाजवादी क्रान्ति, त्यो पार्टीले गरेका जनसेवाका कामहरूमा समस्त क्रान्तिकारी र प्रगतिशील नेपालीहरूले आप्mनो क्षमताअनुसार सहयोग गरेको र गरिरहेको तथ्य सर्वविदितै रहेको भन्दै कञ्चनले यो अभियान चलाउने नेपाली विरुद्ध अनर्गल प्रचार गर्ने, सामाजिक सहयोग भाड्ने, पार्टीका नेताकार्यकर्तालाई बदनाम गर्ने, सामाजिक सञ्जाल दुरुपयोग गर्ने नक्कली नामबाट सक्रिय रहने गिरोहबाट सतर्क र सजग रहन अपिल समेत गरेका छन् ।

कञ्चनले वक्तब्यमा भनेका छन्, –‘अझ आपत्तिजनक कुरा त के छ भने नेपालमा नेपाल कम्युष्टि पार्टीको नाम दुरुपयोग गरी भूमाफियासँग कमिशन खाँदै संघर्षलाई कमजोर पार्ने बदनामहरू समेत यो गिरोहसँग संलग्न भएको देखियो । जनसेवा र क्रान्तिविरोधियी सबै तत्वहरूसँग देश र विदेशमा रहेका सबै नेपाली सचेत रहनआग्रह गरिन्छ । उपर्युक्त व्यक्ति र त्यसको पछि लागेका कोही पनि व्यक्तिहरू पार्टी सदस्य नरहेको र यस्ता आचरण हुने कोही पनि व्यक्ति पार्टी सदस्य हुन नसक्ने ब्यहोरा पनि स्पष्ट गरिन्छ ।’

प्रतिक्रिया