आइतबार, माघ ६, २०८१

१० बुँदे सहमति कार्यान्वयन गर्न एमाले नेताको माग

मेरोन्यूज २०७८ भदौ ३ गते २०:२९

काठमाडौं । नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । बिहीबार माधव कुमार नेपाल पक्षमा रहेका तर समाजवादी पार्टीमा नगएका स्थायी कमिटी सदस्यहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

Advertisement

बुधबार सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि मावध नेपालले पार्टी फुटाएर एमाले समाजवादी पार्टी दल निर्वाचन आयोगमा दर्ता गरेका छन् । तर नेपाल पक्षका केही पदाधिकारी र स्थायी कमिटी सदस्यहरु नयाँ पार्टीमा गएका छैनन् ।

उनीहरुले ओलीलाई १० बुँदेको अक्षरस कार्यान्वयन गर्न आग्रह गरेका हुन् । उनीहरुले नेपाललाई पनि पार्टी एकतामा आउन अपिल गरेका छन् ।

प्रतिक्रिया