आइतबार, माघ १३, २०८१

आजको राशिफलः यी राशिका व्यक्तिको दिन उत्तम छ

ज्यो. दिवाकर पन्त २०७८ भदौ ४ गते ६:२३

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको ४ गते शुक्रबार, श्रावण शुक्लपक्षको त्रयोदशी तिथि । अब लागौं आजको राशिफलतर्फ

Advertisement

मेष
दृढ खालेका व्यक्तित्व हुने छ । लिइएका सपना तथा लक्ष्यहरु अपेक्षा गरिए अनुरुप प्राप्त गर्न कठिन हुने देखिन्छ । पेशागत जीवन औसत रहने छ । कडा शैलीको बोली र ब्यक्तित्व हुने भएकाले त्यसबारेमा संयमित रहनु होला ।

वृष
आँटेका कुरा पुरा गर्ने खालको सहस मनमा आउने छ । पेशागत जीवनमा उन्नति प्रगतिका प्रतिफल मिल्ने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । बोली अलि कडा शैलीको हुने हुँदा अरुको चित्त छिट्टै दुख्ने भएकाले संयमित रहनु होला ।

मिथुन
दृढ खालको मनोबल हुने छ । पेशागत जीवनमा संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । रिस नियन्त्रणमा ध्यान नदिए पेशागत जीवनमा द्वन्दबाट परिस्थिति गुज्रने छ । परिवारका मानिसहरुले विश्वास गर्ने छन् र साथ दिने छन् । लक्ष्यअनुसार आम्दानीमा कठिनाई हुने हुँदा त्यसले मनमा दबाब सृजना गर्ने छ ।

कर्कट
साझेदारीमा गरिएका कार्यहरुबाट सन्तोष मिल्ने छ र आम्दानीमा पनि बृद्धि गर्न मद्धत पुर्याउने छ । परिवारका मानिसहरुको साथले पेशागत जीवन र आम्दानीमा बढोत्तरी हुने छ । दाम्पत्य जीवनमा सुखको परिस्थिति आउने छ । तर सन्तान सुखमा भने कमि आउने भएकाले मनमा उदासिनता ल्याउने छ ।

सिंह
। लक्ष्य प्राप्तिमा अठोटले लाग्ने र आम्दानीमा बृद्धि गर्नु पर्दछ भन्ने सोच मनमा तिब्र आउने छ । बोली प्रभावकारी बन्ने छ । पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ भने आफूले निभाएको कामको कदर हुँदा मनमा खुशी छाउने छ । आफ्नो लक्ष्यप्रति स्पष्ट हुने दृढता आउने छ व्यवसायमा रहेकाहरुको हकमा भने जोखिमपूर्ण कदम उठाउनु अघि निकै सोच विचार गर्नु पर्ने देखिन्छ ।

कन्या
नरम प्रकृतिको हाउभाउले गर्दा अरु सबैले मन पराउने छन् । आम्दानीमा केही बृद्धि हुने हुँदा परिवारमा खुशी ल्याउने छ । बाठोपनामा बृद्धि हुँदा चतुर स्वाभावमा बृद्धि हुने छ । तर पेशागत जीवनमा केही कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ ।

तुला
मनमा खिन्नताको मात्रा बढ्न जाने भएकाले मन नियन्त्रणमा ध्यान दिनु होला । आत्मबलमा कमि आउने छ । पेशागत जीवनमा उतार चढाव आउने समय सक्रिय रहेकाले संयमित रहनु होला । धेरै प्रतिवादमा उत्रने भन्दा लचक प्रवृत्ति यस बेला उपयुक्त हुने देखिन्छ ।

वृश्चिक
जसले गर्दा मनोबलमा पनि कमि ल्याउने हुँदा नकारात्मक भन्दा सकारात्मक विषयलाई जोड दिनु होला । आम्दानीमा बृद्धि हुने छ भने लिइएका लक्ष्यहरु प्राप्तिमा प्रतिफलहरु प्राप्त हुने छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचारका क्रम बढ्न जाने छ ।

धनु
आलोचना गर्नेहरुको क्रम धेरै देखिने भएकाले यसबारेमा सतर्क रही अघि बढ्नु होला । आफ्ना कुरा सकभर अरुलाई धेरै भन्ने भन्दा मनमा नै सीमित राख्दा ठिक हुने छ । परिवारका मानिसहरुले धेरै सहयोग गर्ने छन् । भाग्यको साथ रहेकाले कठिन परिस्थितिमा पनि दृढ रहेर अघि बढ्नका लागि मद्धत मिल्ने छ ।

मकर
कसैसँग नझुक्ने स्वाभाव हुने हुँदा जो कोहि पनि हच्कने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले शत्रु तथा प्रतिष्पर्धीहरुसँग जित हासिल हुने छ । आफ्ना प्रतिद्वन्दीसँग जुध्दा क्रुर स्वाभावमा पनि देखिने भएकाले यसबारेमा संयमित रहनु नै ठिक होला । चतुर र दृढ खालको व्यक्तित्व हुने छ ।

कुम्भ
साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । बौद्धिक स्तरमा बृद्धि हुने छ । आम्दानीमा हुने बृद्धि हुँदा परिवारमा खुशीयाली छाउने छ भने मनमा पनि सन्तोष मिल्ने छ । अरु विषयमा भने मन उदासिन रहने छ ।

मीन
मनमा दुविधाका मात्रा धेरै आउँदा निर्णय क्षमतामा कमि ल्याउने छ । पेशागत जीवनमा निरन्तर यात्रा जारी राख्नका लागि केन्द्रीत रहनु नै ठिक हुने छ । मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुँदा दृढता आउने छ । भाग्य साथ नरहेकाले मेहनीपनामा आलस्यता आउने छ । प्रतिफल ढिला गरि आउँदा मनमा हतासा आँउने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया