झोलुङ्गे पुलले यात्रामा सहज, स्थानीय दङ्ग

रुकुम पूर्व । पुथाउत्तरगङ्गा गाउँपालिका–२ लाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ । गाउँपालिकाको सबैभन्दा विकट क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो ।
वडा नं ५ को काजरजङ्ग र वडा नं २ को पेल्मालाई जोड्ने गरी तीपै दोभान खोलामा २१० मिटर लामो पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको छ ।
यसभन्दा अगाडि हिँड्नलाई गोरेटो बाटोसमेत नभएको उक्त ठाउँमा पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको त्यहाँका स्थानीयले बताएका छन् ।
भौगोलिक हिसाबले पनि विकट र अहिलेसम्म सडक सुविधा नपुगेको उक्त ठाउँमा निकै कष्टपूर्ण तरिकाले पुल निर्माण गरिएको हो ।
तीपै दोभान खोला तर्दाको जोखिम र समस्यालाई मध्यनजर गर्दै पुल निर्माण भएपछि वडा नं २ का बासिन्दालाई ठूलो राहत मिलेको नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य पुनीराज घर्तीले बताए ।
उनका अनुसार यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर काठको पुलबाट यात्रा गर्दै आएका थिए । काठेपुल भए पनि यात्रा गर्न सबैका लागि सहज थिएन ।
गारेटो बाटोसमेत नभएकाले वडावासीले गाउँपालिका केन्द्र, सदरमुकाम आउनका लागि वडा नं १ मैकोटबाट घुमेर मयाङ हुँदै आउने गरेका थिए । अहिले पुल निर्माण भएपछि भने वडावासी सिधै काजरजङ्ग पुगेर तकसेरा पुग्न सक्ने घर्तीले बताए ।
सडक पनि नपुगेको उक्त ठाउँमा घोडा, खच्चडबाट र मानिस आफैँले बोकेर नयाँबजारबाट पुल निर्माणका सामग्री ओसारेका थिए । उक्त पुल निर्माणको जिम्मा हिमशिखर निर्माण सेवाले एक करोड ८० लाखमा लिएको थियो ।
गत वर्षको भदौबाट सुरु गरिएको पुल निर्माण केही समय अगाडि सकिएको थियो । यस्तै तीपै दोभान खोलाको पुलसम्म पुग्नका लागि वडा नं ५ काजरजङ्गको काखोलामा १३० मिटर लामो पुल पनि निर्माण गरिएको छ । सोही निर्माण सेवाले ८७ लाख रुपैयाँमा उक्त पुल निर्माण गरेको हो ।










आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया