पहिराले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन
मेरोन्यूज
२०७८ भदौ ४ गते १२:५२

डोटी। गएरातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा उक्त राजमर्ग अवरुद्ध भएको थियो ।
राजमार्ग खुलाउन सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोग लिइएको घण्टेश्वर गैरास्थित प्रहरी चौकीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएका कारण गएरातिदेखि अलपत्र परेका दजनौँ सवारीसाधन तथा सयौँ यात्रु अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए । पहिराका कारण पाँचौँ पटकसम्म राजमार्ग अवरुद्ध भइसकेको जनाइएको छ । रासस
सम्बन्धित















कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
प्रतिक्रिया