कैदीबन्दीलाई सताउन थाल्यो छाला रोगले

कञ्चनपुर । कञ्चनपुर कारागारका कैदीबन्दीलाई छालासम्बन्धी रोगले सताउन थालेको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा अधिकांशमा दाद र लुतो लगायतको रोग देखा परेको हो ।
त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १५० बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले जानकारी दिए। क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यक्तिगत सरसफाइ गर्न नपाउँदा रोग फैलिएको हुनसक्ने उनले बताए ।
“खानेपानी थाप्न, नुहाउन र शौचालय जानका लागि कैदीबन्दीले लाइनमा बस्नुपर्ने अवस्था छ”, उनले भने, “सहजरुपमा कैदीबन्दीले व्यक्तिगत सरसफाइ गर्न पाउदैनन् । साबनु र ओढ्ने बिछ्याउने कपडासमेत साटासाट हुन्छ । सबै जनालाई एकै ठाउँमा राखिँदा छालासम्बन्धी रोगको सङ्क्रमण बढेको छ ।” कैदीबन्दीको सङ्ख्या उच्च हुँदा कारागारमा खुट्टा राख्ने ठाउँसमेत छैन ।
सुत्ने ठाउँका अभावमा धेरैले पालो पर्खनुपर्ने अवस्था छ । एकै ठाउँमा धेरै जना कैदीबन्दी सुत्ने भएकाले एकबाट अर्को गर्दै धेरै जनामा छालसम्बन्धी रोग सरेको उनीहरुको भनाइ छ ।
कारागार शाखामा एक स्वास्थ्यकर्मीसमेत कार्यरत छन् । प्राथमिक उपचार गर्ने व्यवस्था मात्रै कारागारमा छ । धेरैमा छालासम्बन्धी रोग देखिएपछि कैदीबन्दीले कारागारमै स्वास्थ्य शिविरको आयोजना गरी उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
कारागारमा ७५ पुरुष र २० महिलालाई राख्ने क्षमता छ । हाल कारागारमा ४०६ पुरुष र २५ महिलालाई राखिएको छ । रासस














देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया