‘नेपाल आइडल’का निर्णायक परिवर्तन

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।
नयाँ निर्णायकमा गायक शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेकी छिन् । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफुलाई खुसी लागेको बताएका हुन् ।
उनलेभने “नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ,व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु ।”
ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् । नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।
सीजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया