माधव नेपाललाई एमालेको नाम प्रयोग गर्न नदिन माग
काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपाललाई एमालेको नामसँग मिल्ने गरी पार्टी दर्ता नगर्न माग गरेको छ । शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गर्दै एमालेले माधव नेपाललाई एमालेको नामसँग मिल्ने गरी पार्टी दर्ता नगर्न आग्रह गरेको हो ।
यस्तै एमालेले नेपाललाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गरेको छ । राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपालको पार्टीलाई प्रयोग गर्न दिन नमिल्ने बताइउको छ ।
आयोगमा एमालेले बुझाएको निवेदनमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेकाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने उल्लेख गरिएको छ । माधव नेपालले आफ्नो पार्टीको नाम संशोधन गरेर एकीकृत समाजवादी राखेका छन् । यसअघि नेपालले एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए ।
प्रतिक्रिया