गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक बिदा
मेरोन्यूज
२०७८ भदौ ४ गते १९:३२

काठमाडौं । सरकारले भाद्र ७ गते काठमाडौं उपत्यका लगाएत देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने भएको छ । गहृ मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गरी सोमबार गाईजात्रा पर्वको अवसरमा नेपाल भरका नेवार समुदायका लागि बिदा दिने जनाएको छ ।
सूचनामा भनिएको छ, “वि.सं. २०७८ साल भाद्र ७ गते सोमबारका दिन गाईजात्रा पर्वको अवसरमा नेपाल राजपत्रमा काठमाडौं उपत्यकाका लागि तोकिएको सार्वजनिक विदाका अतिरिकत्त मुलुकभर नेवार समुदायका लागि सार्वजनिक बिदा दिने” नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७८/०५/०३ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”
यसअघि गाइजात्रा पर्वका दिन काठमाडौं उपत्यकामा मात्र बिदा दिइने गरिएको थियो ।

सम्बन्धित















काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया