स्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त
मेरोन्यूज
२०७८ भदौ ४ गते २०:४१

क्वालालम्पुर । पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।
मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको छ । संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका छन् ।
एकसट्ठी बर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ)का एक अनुभवी राजनीतिज्ञ हुन् र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनु पूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया