आयोगले दर्ता नगर्दै महन्थ ठाकुरको पार्टीमा विवाद
कार्यकारिणी समितिको नामावलीमा तीन जनाले हस्ताक्षरै गरेनन्

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालमा निर्वाचन आयोगबाट मान्यता नपाउँदै विवाद सुरु भएको छ । वरियता विवादका कारण शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएको ३१ सदस्यीय कार्यकारिणी समितिको नामावलीमा तीन जनाले हस्ताक्षर गरेका छैनन् । पहिला २४ सदस्यीय कार्यकारिणी समिति बनाइएकोमा पछि ७ सदस्य थपिएको थियो ।
वरियताक्रमको ४ नम्बरमा राखिएका अनिलकुमार झा, ९ नम्बरकी चन्दा चौधरी र पछि थपिएका ७ जनामध्ये दोस्रो नम्बरकी निलम बर्माले हस्ताक्षर गरेका छैनन् ।
स्रोतका अनुसार झाले वरिष्ठ नेता नराखेकोमा असन्तुष्टि जनाएर हस्ताक्षर नगरेका हुन् । झाले पूर्वराष्ट्रिय जनता पार्टीको ६ सदस्यीय अध्यक्ष मण्डलमा रहेका अहिलेको पार्टीमा रहेका चार जनामध्य महन्थ ठाकुर अध्यक्ष र राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेता राखिएको तर आफूलाई नराखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । ६ सदस्यीय अध्यक्ष मण्डलमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादव जनता समाजवादी पार्टीमा गएका छन् ।
अध्यक्ष ठाकुरकी विश्वासपात्रका रुपमा चिनिने चौधरीले महिलालाई मुख्य स्थानमा नराखिएको र वरियतामा पनि तल झारिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो । बर्माले भने चौधरीको असन्टुष्टिमा सहमति जनाउँदै हस्ताक्षर नगरेको स्रोतले बतायो ।
झाले यसअघि बुधबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा ठाकुरलाई अध्यक्ष र अरु नेतालाई कार्यकारिणी सदस्य राखेकाले हस्ताक्षर गरेका थिए । अहिले भने दुई नेतालाई वरिष्ठ नेता राखेकाले असन्तुष्टि जनाएर हस्ताक्षर नगरेका स्रोतले बतायो ।
















नयाँ वर्ष २०८३ को अवसरमा सामसङले ल्यायाे २४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
ठगीको अभियोगमा एक जना पक्राउ
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया