रुकुम (पूर्व)का सबै आइसोलेशन खाली

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीका लागि रुकुम पूर्वमा बनाइएका आइसोलेशन वार्ड खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालका आइसोलेशनका संक्रमित डिस्चार्ज भएसँगै वार्ड खाली भएक हो ।
सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहाँ कोभिड संक्रमितको हुँदै आएको छ । जिल्लास्थित सबै आइसोलेशनमा रहेका संक्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ संक्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गीरीले जानकारी दिए । पुथाउत्तरगंगा गाउँपलिकाको आइसोलेशन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।
अहिले जिल्लामा २५ सक्रिय सैक्रमित रहेका र उनीहरू सबै होम आइसोलेसशनमा छन् । उनका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म ५४१ मा कोरोना पोजेटिभ देखिएकामा ५१० निको भइसकेका र १३ को मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा कोरोना संक्रमित घट्दै गएको पाइएको छ ।
अस्पतालसहित जिल्लाका तीनवटै गाउँपालिका र विभिन्न स्वास्थ्य चौकीबाट कोरोना परीक्षण भइरहेकामा संक्रमित घट्दै गएकाले परीक्षणको दायरा घटाइएको छ । अहिले उक्त अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोत व्यक्ति गिरीले बताए ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया