मंगलबार, पुष १५, २०८२

१० वर्षीया बालिकामाथि जवरजस्ती, ६४ वर्षीय बृद्ध पक्राउ

मेरोन्यूज २०७८ भदौ ५ गते १७:२५

काठमाडौं । १० वर्षीया बालिकामाथि जवरजस्ती गरेर फरार रहेका अभियोगमा एक बृद्ध पक्राउ परेका छन् ।

गत असार १२ गते अन्दाजी १ बजेको समयमा बालिकामाथि जवरजस्ती गरेको अभियोगमा त्रियुगा नगरपालिका १० का ६४ वर्षीय बृद्धलाई शुक्रबार(४ भदौ) दिउँसो पक्राउ गरेको हो ।

बृद्धले कसैलाई जानकारी नदिन बालिकालाई दबाब दिए पनि अत्यधिक पीडा भएपछि आमालाई सुनाएकी थिइन् । आमाले असार १५ गते सो कुराको जानकारी दिँदै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान टोली खटाएर अभियुक्तको खोजतलास गरिरहेको थियो ।

अनुसन्धानको क्रममा शुक्रबार त्रियुगा नगरपालिका १५ को हुबास खाँबुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका उनलाई अदालतबाट ५ दिनको म्याद थपी थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया