१० वर्षीया बालिकामाथि जवरजस्ती, ६४ वर्षीय बृद्ध पक्राउ
मेरोन्यूज
२०७८ भदौ ५ गते १७:२५
काठमाडौं । १० वर्षीया बालिकामाथि जवरजस्ती गरेर फरार रहेका अभियोगमा एक बृद्ध पक्राउ परेका छन् ।
गत असार १२ गते अन्दाजी १ बजेको समयमा बालिकामाथि जवरजस्ती गरेको अभियोगमा त्रियुगा नगरपालिका १० का ६४ वर्षीय बृद्धलाई शुक्रबार(४ भदौ) दिउँसो पक्राउ गरेको हो ।
बृद्धले कसैलाई जानकारी नदिन बालिकालाई दबाब दिए पनि अत्यधिक पीडा भएपछि आमालाई सुनाएकी थिइन् । आमाले असार १५ गते सो कुराको जानकारी दिँदै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान टोली खटाएर अभियुक्तको खोजतलास गरिरहेको थियो ।
अनुसन्धानको क्रममा शुक्रबार त्रियुगा नगरपालिका १५ को हुबास खाँबुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका उनलाई अदालतबाट ५ दिनको म्याद थपी थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया