चितवनमा दुई काव्य लोकार्पण
चितवन । साहित्यकार सुमन घिमिरेका दुई वटा काव्य एकैपटक लोकार्पण गरिएका छन् ।
पर्यटन व्यवसायीसमेत रहेका घिमिरेका नेपाली भाषाको कविता संग्रह ‘सुनको टप’ र अङ्ग्रेजी भाषाको कविता संग्रह ‘साइक्लोन अफ फायर’ लोकार्पण गरिएको हो ।
प्रकाशक गोर्खा पब्लिकेसन्स प्रालिको आयोजना र कविडाँडा साहित्य समाज चितवनको संयोजनमा भएको कार्यक्रममा साहित्यकार प्रतिक ढकालले दुवै कृति एकसाथ लोकार्पण गरे । सो अवसरमा कवि भुपिन र चेतराज रेग्मीले कविताको समीक्षा गरेका थिए । कविताको समीक्षा गर्दै कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले मुलुकको वास्तविकता कवितामार्फत चित्रण भएको बताए ।
कवि घिमिरेको विसं २०६८ मा पहिलो कविता संग्रह ‘मेरो बैंसको क्यालेण्डर’ सार्वजनिक भएको थियो । यी १० वर्षको बीचमा लेखिएका कवितालाई यस संग्रहमा स्थान दिएको कवि घिमिरेले बताए । घिमिरे क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष समेत हुन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया