तालिवानको बन्धकमा परी बलात्कृत हुनभन्दा आत्महत्या गर्न ठिक
काठमाडौँ । यहाँ यस्तो भइरहेको छ कि, म कुनै शब्दमा बयान गर्न सक्दिनँ । मैले यी सबै जसका लागि सपना देखेको थिएँ, ती सबै काम नलाग्ने भएको छ । मेरो गरिमा । मेरा अभिमान । यहाँसम्म कि एक केटी भएको नाताले मेरो अस्तित्व, मेरा जीवन, सबै खराब हुने भएको छ ।
कसलाई थाहा छ- उनीहरू (तालिवान) घर-घरमा पुगेर खोजी गर्दै केटीहरूलाई लिएर जान कति दिन लाग्छ रु शायद, उनीहरूमाथि (केटी) करणी हुने छ । जब उनीहरू (तालिवान) मेरो घरमा आउँछन्, तब मैले आफूलाई मार्नु पर्ने हुन सक्छ ।
मैले मेरो साथीहरूसँग कुरा गरिरहेको छ कि हामी सबै तालिवानको बन्दकमा पर्नुभन्दा आत्महत्या गर्ने । उनीहरूले लिएर जानुभन्दा आत्महत्या गर्न धेरै ठिक हुने छ ।
धेरै डर छ
‘केही सामान्य रहेको छैन’
दुई महिनापहिले मेरो पूरै ध्यान केवल आफ्नो डिग्रीको पढाईमा थियो । मैले डिग्रीको अन्तिम सेमिस्टारका लागि पढाईबारे योजना बनाउँदै आएको थिएँ । यसमा मैले के गर्ने रु के नगर्ने योजना बनाएको थिएँ । सबै राम्रो गर्ने योजना बनाएको थिएँ ।
जब तालिवान देशका केही प्रान्तमाथि कब्जा जमाउन सुरू गरिरहेको अवस्थामा मलाई लागेको थियो कि उनीहरूले राजधानी काबुलमा कब्जा गर्न सक्दैन ।
तालिवान विरोधीको मुख्य केन्द्र मजार ए शरीफ कब्जा गर्नपहिले मेरो जिन्दगी सामान्य थियो । तर, तालिवानले उक्त शहरमाथि कब्जा गर्न पुग्यो । त्यसपछि मलाई अब हामी खत्तम हुँदै छौँ भन्ने लागेको थियो । उनीहरूले राजधानी काबुलमाथि कब्जा जमाएर सहरमा गोली चलाउन सुरू गरे, त्यसपछि लाग्यो( तालिवानहरू सबै गल्ली गल्लीमा पुगिसकेका छन् ।
यसले यहाँको अवस्था असामान्य बनेको छ ।
सामाजिक सञ्जाल चलाउन डर
मेरो पूरा परिवार घरमा बसिरहेका छौँ । पसलहरू बन्द भएका छन् । महंगी बढिरहेको छ । उता मुद्राको विनिमय दर तीव्र गतिमा बदलिरहेको छ ।
उता विश्व विद्यालयबाट मैले पाएको सबै कागज पत्र र दस्तावेजहरू जलाइसकेको छु । मैले सबै उपलब्धि, प्रमाण पत्र जलाइदिएँ । मसँग धेरै किताब थिए । पढेको मेरो प्रिय किताबहरू सबै लुकाएको छु ।
मैले मेरो सामाजिक सञ्जालतको सबै एकाउण्टहरू बन्द गरिदिएँ । मलाई थाहा छ कि- सामाजिक सञ्जाल चलाउनु धेरै खतरनाक हुनेछ । तालिवानहरू सामाजिक सञ्जाल जाँच गरिरहेका छन् ।
मेरो लागि फेसबुकमा ठूलो समस्या छ, किनकी त्यहाँ म धेरै सक्रिय थिएँ । मैले पहिलेका पोस्टहरूमा तालिवानले केही गर्न नसक्ने बताउँदै आएका थिएँ । यतिसम्म कि म तालिवानविरूद्ध डटेर लागेको थिएँ । मैले मेरो अधिकार आतंकवादीले रोक्न सक्दैन भनेको थिएँ । उनीहरूको बारेमा आपत्तिजनक पोस्ट गरेको थिएँ ।
मैले भनेको सबै उल्टो भयो । उनीहरूले सबै केही दिनमै गरिदिए ।
मैले सुनेको छु कि केही विश्व विद्यालयको कक्षाहरूमा केटा र केटीको बीचमा पर्दा लगाउन आदेश दिएको छ । केही परिवार आफ्नो छोरीलाई पढ्नका लागि जान दिएका छैनन् । किनकी तालिवानले आफ्नो असली अनुहार देखाउन बन्द गरिदिएको छ ।
मैले तालिवानको पत्रकार सम्मेलनलाई ध्यान दिएर हेरेको छु । उनीहरू पूरै झुटो बोलिरहेका छन् । म ढुक्क छु कि उनीहरू झुटा हुन् ।
हामी जरूरी मारिन्छौँ वा बलाकृत हुन्छौँ
म गत मंगलबार बुवाको साथमा औषधि लिन बाहिर निस्केको थिएँ । बजारमा सबै बन्द थिए । मैले पूरै शरीर ढाकेको थिएँ । महिलाहरूले बुर्का लगाएका थिए । जसमा १३/१४ वर्षकी केटीहरूसमेत बुर्कामा ढाँकिएका थिए । पहिले जस्तो केही थिएन । सहर अब सहर भएन ।
सबैतिर तालिवानका लडाकु घुमिरहेका थिए । उनीहरू जब म नजिक हुन्थ्ये, पूरै शरीर ढाकेको हुन्थ्ये । जब म पढिरहेको थिएँ । तब केही सपना देखेको थिएँ । जिन्दगीको योजना र लक्ष्य बनाएको थिएँ ।
अब, मलाई देशमा बस्न उचित लागेको छैन । छाड्नु पर्ने सोच आएको छ । किनकी म हजारा हुँ । हजारा केटीहरूका स्कूलमाथि हमला हुनेछ ।
तालिवानहरूले हामीलाई जरूर मार्ने छन् । वा उनीहरूले बलात्कार गर्ने छन् । एक केटी हुनुको नाता वा अल्प संख्याक हुनाले मेरा लागि यस देशमा कुनै जग्गा छैन ।
तालिवानले सत्ता कब्जा गरेसँगै हामी पूरै डराएका छौँ । हामी यहाँबाट जान चाहन्छौँ । तर, जाने कुनै ठाउँ छैन । कुनै बाटो छैन ।
बाँच्नका लागि अफगान छोड्नु छ
म विदेशी सरकारसँग अफगानिस्तानमा तालिवानको सरकारलाई मान्याता नदिन आग्रह गर्दछु । किनभने उनीहरूले मान्याता पाए हामी पक्कै मारिने छौँ । सायद मृत्यु कसरी हुन्छ थाहा हुँदैन ।
मैले सबैभन्दा धेरै माया गर्ने सहर कब्जा हुँदा म धेरै दुस्खी भएको छु । तर, म भावुक बन्न चाहदिन । सोचेको थिइन कि जिन्दगीमा यस्तो दिन आउँछ भनेर ।
(लेखिकाको सुरक्षालाई ध्यान दिँदै नाम गोप्य राखिएको छ ।)
बिबिसी हिन्दीबाट
प्रतिक्रिया