महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले आज विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि पहिलो चरणमा खेलाडी छनोट गरिएको जानकारी दिए । बन्द प्रशिक्षणका लागि बिनु बुढामगर, रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, करुणा भण्डारी र सरिता मगरलाई छनोट गरिएको छ ।
एशिया छनोट आगामी मङ्सिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले खेल्ने एशिया छनोटमा भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युनाइटेड अरब इमिरेटस् ९यूएई०ले प्रतिस्पर्धा गर्नेछन् । कोरोना महामारीका कारण सो प्रतियोगिता सात महिनापछि सरेको हो ।














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया