महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले आज विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि पहिलो चरणमा खेलाडी छनोट गरिएको जानकारी दिए । बन्द प्रशिक्षणका लागि बिनु बुढामगर, रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, करुणा भण्डारी र सरिता मगरलाई छनोट गरिएको छ ।
एशिया छनोट आगामी मङ्सिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले खेल्ने एशिया छनोटमा भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युनाइटेड अरब इमिरेटस् ९यूएई०ले प्रतिस्पर्धा गर्नेछन् । कोरोना महामारीका कारण सो प्रतियोगिता सात महिनापछि सरेको हो ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया