केजीएफ च्याप्टर-२ अप्रिल १४ मा रिलिज हुने

काठमाडौं । कोरोनाका कारण प्रदर्शन मिति बारम्बार पछि सरिरहेको कन्नड चलचित्र केजीएफ च्याप्टर २ को रिलिज गर्ने मिति तय भएको छ । जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको केजीएफ च्याप्टर २ २०२२ अप्रिल १४मा रिलिज हुने भएको हो ।
कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज हुन नसकेको चलचित्रका मुख्य नायक यशले आइतबार ट्विटरमार्फत चलचित्रको नयाँ मिति सार्वजनिक गरेका हुन् । चलचित्रका यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका छ ।
चलचित्रमा सञ्जय खलपात्रको भूमिकामा देखिएका छन् । चलचित्रको टिजर सार्वजनिक भैसकेको छ र दर्शकले यसलाई निक्कै मन पराएका छन् । कन्नड भाषामा बनेको यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ ।
सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’ले दर्शकमाझ राम्रो प्रभाव पारेको थियो । केजीएफ च्याप्टर २ यसकै सिक्वेल हो ।













पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया