विकट जिल्ला मनाङमा झण्डै १० करोड बेरुजु

मनाङ । मनाङका स्थानीय तहमा बेरुजु रकम देखिएको छ । यहाँका सबै पालिकामा बेरुजु रकम देखिएको हो । जसमा सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भए पनि निर्माणका क्रममा अनियमितता बढी देखिएको छ ।
नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक गरिएको ५८ औँ लेखा परीक्षण प्रतिवदेनमा आवश्यक कागजात तथा सकल बिल भरपाई पूरा नहुँदा यहाँ अनियमितता बढ्दै गएको पाइएको उल्लेख छ ।
आर्थिक वर्ष २०७६-०७७ मा सदरमुकाम चामे गाउँपालिकामा दुई करोड २३ लाख ७५ हजार बेरुजु देखिएको छ । त्यसमध्ये असुल गर्नु पर्ने सात लाख ४२ हजार, प्रमाण कागजात पेश गर्नु पर्ने २१ लाख ९३ र नियमित गर्नु पर्ने एक करोड ९४ लाख ४० हजार रुपैयाँ बेरुजु रहेको छ । प्रतिवेदनमा गाउँपालिकाले लोकप्रिय माविको आवासीय भवन निर्माणका लागि ३९ लाख पेश्कीमा ६१ लाख ७५ हजार भुक्तानी गरेको पाइएको छ ।
माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा दुई करोड १० लाख बेरुजु देखिएको छ । यसमध्ये असुल गर्नु पर्ने ३८ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नु पर्ने ४८ लाख ६८ हजार र नियमित गर्नु पर्ने एक करोड चार लाख ५२ हजार र पेश्की १८ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षणका अनुसार ङिस्याङले पनि विद्यालय अनुदानमा बढी भुक्तान गरेको र पेश्की फछ्र्योट नभएको देखाएको छ ।
मनाङको प्रवेशद्वार नासो गाउँपालिकामा दुई करोड ३५ लाख ७६ हजार अनियमिता भएको पाइएको छ । यसमध्ये असुल गर्नु पर्ने १२ लाख ७१ हजार, प्रमाण कागजात पेश गर्नु पर्ने एक करोड चार लाख २४ हजार, नियमित गर्नु पर्ने एक करोड १८ लाख ८१ हजार बेरुजु छ । गाउँपालिकाले विद्यालय अनुदानमा ३० लाख ३१ हजार खर्च गरेकामा बिल भरपाई प्रतिवेदनमा पेश नभएको महालेखा परीक्षणमा देखिएको उल्लेख छ । नासोको भ्रमण खर्चमा अनियमितता भएको प्रतिवेदनमा देखिएको छ ।
त्यस्तै हालसम्म सडक सञ्जालले छुन नसकेको गाउँपालिका नार्पा भूमिमा दुई करोड ७३ लाख बेरुजु भएको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये असुल गर्नु पर्ने २० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नु पर्ने एक करोड दुई लाख ३० हजार, नियमित गर्नु पर्ने एक करोड ५० लाख आठ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले पेश्की फछ्र्योट तथा बेरुजु संपरीक्षण गर्नु पर्ने भए पनि नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
















निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका निम्ति प्रचण्डको अपिल
निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेः गृहमन्त्री अर्याल
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने: प्रहरी महानिरीक्षक कार्की
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
प्रतिक्रिया