बिहीबार, फागुन २१, २०८२

सार्क राष्ट्रको बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह

मेरोन्यूज २०७८ भदौ ७ गते १३:१८

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखको बैठक आयोजना गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधि मण्डल सोमबार प्रधानमन्त्री निवास वालुवाटार पुगेर आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन निर्माण, भण्डारण आदि हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न समेत आग्रह गरेको हो ।

यस्तै, अफगानिस्तानमा पछिल्लो राजनीतिक घटना क्रममा तालिवानद्वारा सत्ता कब्जापश्चात त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकको उद्धार र सकुसल आफ्नो देश फिर्ता सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपालले भर्चुअल बैठक आयोजना गरि एकिकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया