सार्क राष्ट्रको बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखको बैठक आयोजना गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधि मण्डल सोमबार प्रधानमन्त्री निवास वालुवाटार पुगेर आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन निर्माण, भण्डारण आदि हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न समेत आग्रह गरेको हो ।
यस्तै, अफगानिस्तानमा पछिल्लो राजनीतिक घटना क्रममा तालिवानद्वारा सत्ता कब्जापश्चात त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकको उद्धार र सकुसल आफ्नो देश फिर्ता सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपालले भर्चुअल बैठक आयोजना गरि एकिकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको छ ।
यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।











क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया