दुर्घटनामा एकको मृत्यु, मोटरसाइकल जल्यो

सुनसरी । सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट सफल र अविनाश राजवंशी घाइते भएका थिए ।
घाइते भएको दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारके क्रममा सफलको भएको मृत्यु भएको हो । अविनाशको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल पूर्णरूपले जलेर नष्ट भएको छ ।
मोटरसाइकल पूर्णरूपले नष्ट भएका कारणले गाडीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया