आजको राशिफल : भाद्र ८ गते मंगलबार

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको ८ गते मंगलबार, भाद्र कृष्णपक्षको द्वितीया तिथि । आज रोपाईँ जात्रा पर्व रहेको छ ।अब लागौं आजको राशिफलतर्फ ।
मेष
दाम्पत्य जीवनमा मधुरता र उत्साह आउने छ । पेशाप्रतिको समर्पण भावमा बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी निभाउन उर्जा प्राप्त हुने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ भने आम्दानीमा पनि बढोत्तरी हुन पुग्ने छ ।
वृष
बोलीको प्रभावमा बृद्धि हुने हुँदा अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा सकारात्मक उन्नति मिल्ने छ । रिस भने कडा प्रकृतिको हुने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । मनमा दुविधा बढ्न जाँदा निर्णय क्षमतामा भने कमि आउन जाने छ ।
मिथुन
बोलीको प्रभावकारीमा बृद्धि हुँदा मानिसहरुले विश्वास गर्ने छन् । चलाखपनामा बृद्धि हुँदा के राम्रो के नराम्रो भन्ने चेतना बेलैमा प्राप्त हुने छ । धन सम्पत्तिको बृद्धि गर्नमा मनमा दृढता आउने छ । व्यवस्थापकीय क्षमता हल्का बृद्धि हुने छ । भाग्यहिनताको अनुभूतिले गर्दा पाएका उपलब्धिहरु पनि खल्लो लाग्ने छ ।
कर्कट
सुख सुविधाका वस्तुहरुको प्रयोग गर्न पाइने छ । मनोबलमा कमि आउँदा विवेकशिलतामा पनि कमि आउने छ । जसले गर्दा दुविधाको मात्रामा अस्वाभाविक बृद्धि हुने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सचेत रहनु होला । परिवारको साथ रहने हुनाले कठिनाईमा साथ मिल्ने छ ।
सिंह
बोलीमा पनि प्रभावकारीता आउने छ । प्रतिष्पर्धात्मक क्षमता बढ्ने छ । पेशागत जीवनमा भने शान्त भएर निर्णयहरु लिनु पर्ने देखिन्छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनोबलको अवस्थामा कमि आउँदा निरन्तर गरिरहेको काम र क्षमता प्रति नै आशंका मनमा आउने छ ।
कन्या
पेशागत क्षेत्र स्थिर रहने छ । बोलीमा नरमपना आउने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिका विषयमा सकारात्मक खवर प्राप्त हुने छ । परिवारप्रति केन्द्रीत हुन मन लाग्ने छ । आफ्नो लक्ष्यप्रति समर्पित हुने स्वाभावमा तिब्रता आउने छ ।
तुला
शान्त स्वाभावको व्यक्तित्व हने छ तर बेला बेला अपेक्षा नै नभएको जस्तो बोलीमा तिक्तताको मात्रा देखिने हुँदा सतर्क रहनु होला । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा अस्थिरताको अवस्था आउने छ । बौद्धिक क्षेत्रमा उन्नति हुने छ ।
वृश्चिक
आम्दानीमा बृद्धि हुन जाने छ । पेशागत जीवनमा स्थिरता आउने छ । बोलीमा टर्राेपना आउने भएकाले यस विषयमा सतर्क रहनु होला । मनमा नकारात्मक विचारका मात्रा एकपछि अर्काे आउने भएकाले सकारात्मक विषयमा मन केन्द्रीत गर्ने प्रयास गर्नु उपयुक्त हुने छ ।
धनु
प्रतिष्पर्धात्मक क्षमता हुने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । जीवनसाथिको साथ वा सल्लाहसहित काम गरेमा पेशागत जीवनमा देखा पर्ने जोखिमबाट उम्कन मद्धत मिल्ने छ । पेशागत जीवनमा कठिनाईहरु देखा पर्ने भएकाले विचार गर्नु पर्ने देखिन्छ ।
मकर
जीवनसाथिको साथ र सहयोगमा कार्य गरेमा पेशागत क्षेत्रमा ठुलो मद्धत मिल्ने छ । दृढ व्यक्तित्व हुँदा हुँदै पनि घमण्डिपना पनि आउने हुनाले यस विषयमा ध्यान दिनु होला । यसले व्यक्तित्वमा नै असर पार्ने चुनौति रहेकाले संयमित रहनु होला ।
कुम्भ
बाठो खालको व्यक्ति हुने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने ज्ञान र बुझाईको मात्रामा बृद्धि हुने छ । अरुको कुरा सुनेर मनमा खिन्नता आउने भएकाले अरुको कुरा सुन्ने भन्दा आफ्नो लक्ष्यप्रति केन्द्रीत हुने प्रयास गर्नु उपयुक्त हुने छ । पेशागत जीवनमा अलि संघर्षरत रहनु पर्ने छ ।
मीन
दाम्पत्य जीवनमा मधुरताको वातावरण रहने छ । जीवनसाथिको परामर्शमा कामहरु गरेमा सफलता प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा भने केही कठिनाईहरुसँग संघर्ष गर्दै अघि बढ्नु पर्ने देखिन्छ । मनमा उदासिनताको मात्रा अस्वाभाविक रुपमा आउने छ । भाग्यहिनताको क्रम रहेकाले संयमित रहनु पर्ने समय रहेको छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया