शुक्रबार, पुष ४, २०८२

आजको राशिफल : भाद्र ८ गते मंगलबार

मेरोन्यूज २०७८ भदौ ८ गते ६:१६

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको ८ गते मंगलबार, भाद्र कृष्णपक्षको द्वितीया तिथि । आज रोपाईँ जात्रा पर्व रहेको छ ।अब लागौं आजको राशिफलतर्फ ।

मेष
दाम्पत्य जीवनमा मधुरता र उत्साह आउने छ । पेशाप्रतिको समर्पण भावमा बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी निभाउन उर्जा प्राप्त हुने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ भने आम्दानीमा पनि बढोत्तरी हुन पुग्ने छ ।

वृष
बोलीको प्रभावमा बृद्धि हुने हुँदा अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा सकारात्मक उन्नति मिल्ने छ । रिस भने कडा प्रकृतिको हुने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । मनमा दुविधा बढ्न जाँदा निर्णय क्षमतामा भने कमि आउन जाने छ ।

मिथुन
बोलीको प्रभावकारीमा बृद्धि हुँदा मानिसहरुले विश्वास गर्ने छन् । चलाखपनामा बृद्धि हुँदा के राम्रो के नराम्रो भन्ने चेतना बेलैमा प्राप्त हुने छ । धन सम्पत्तिको बृद्धि गर्नमा मनमा दृढता आउने छ । व्यवस्थापकीय क्षमता हल्का बृद्धि हुने छ । भाग्यहिनताको अनुभूतिले गर्दा पाएका उपलब्धिहरु पनि खल्लो लाग्ने छ ।

कर्कट
सुख सुविधाका वस्तुहरुको प्रयोग गर्न पाइने छ । मनोबलमा कमि आउँदा विवेकशिलतामा पनि कमि आउने छ । जसले गर्दा दुविधाको मात्रामा अस्वाभाविक बृद्धि हुने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सचेत रहनु होला । परिवारको साथ रहने हुनाले कठिनाईमा साथ मिल्ने छ ।

सिंह
बोलीमा पनि प्रभावकारीता आउने छ । प्रतिष्पर्धात्मक क्षमता बढ्ने छ । पेशागत जीवनमा भने शान्त भएर निर्णयहरु लिनु पर्ने देखिन्छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनोबलको अवस्थामा कमि आउँदा निरन्तर गरिरहेको काम र क्षमता प्रति नै आशंका मनमा आउने छ ।

कन्या
पेशागत क्षेत्र स्थिर रहने छ । बोलीमा नरमपना आउने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिका विषयमा सकारात्मक खवर प्राप्त हुने छ । परिवारप्रति केन्द्रीत हुन मन लाग्ने छ । आफ्नो लक्ष्यप्रति समर्पित हुने स्वाभावमा तिब्रता आउने छ ।

तुला
शान्त स्वाभावको व्यक्तित्व हने छ तर बेला बेला अपेक्षा नै नभएको जस्तो बोलीमा तिक्तताको मात्रा देखिने हुँदा सतर्क रहनु होला । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा अस्थिरताको अवस्था आउने छ । बौद्धिक क्षेत्रमा उन्नति हुने छ ।

वृश्चिक
आम्दानीमा बृद्धि हुन जाने छ । पेशागत जीवनमा स्थिरता आउने छ । बोलीमा टर्राेपना आउने भएकाले यस विषयमा सतर्क रहनु होला । मनमा नकारात्मक विचारका मात्रा एकपछि अर्काे आउने भएकाले सकारात्मक विषयमा मन केन्द्रीत गर्ने प्रयास गर्नु उपयुक्त हुने छ ।

धनु
प्रतिष्पर्धात्मक क्षमता हुने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । जीवनसाथिको साथ वा सल्लाहसहित काम गरेमा पेशागत जीवनमा देखा पर्ने जोखिमबाट उम्कन मद्धत मिल्ने छ । पेशागत जीवनमा कठिनाईहरु देखा पर्ने भएकाले विचार गर्नु पर्ने देखिन्छ ।

मकर
जीवनसाथिको साथ र सहयोगमा कार्य गरेमा पेशागत क्षेत्रमा ठुलो मद्धत मिल्ने छ । दृढ व्यक्तित्व हुँदा हुँदै पनि घमण्डिपना पनि आउने हुनाले यस विषयमा ध्यान दिनु होला । यसले व्यक्तित्वमा नै असर पार्ने चुनौति रहेकाले संयमित रहनु होला ।

कुम्भ
बाठो खालको व्यक्ति हुने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने ज्ञान र बुझाईको मात्रामा बृद्धि हुने छ । अरुको कुरा सुनेर मनमा खिन्नता आउने भएकाले अरुको कुरा सुन्ने भन्दा आफ्नो लक्ष्यप्रति केन्द्रीत हुने प्रयास गर्नु उपयुक्त हुने छ । पेशागत जीवनमा अलि संघर्षरत रहनु पर्ने छ ।

मीन
दाम्पत्य जीवनमा मधुरताको वातावरण रहने छ । जीवनसाथिको परामर्शमा कामहरु गरेमा सफलता प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा भने केही कठिनाईहरुसँग संघर्ष गर्दै अघि बढ्नु पर्ने देखिन्छ । मनमा उदासिनताको मात्रा अस्वाभाविक रुपमा आउने छ । भाग्यहिनताको क्रम रहेकाले संयमित रहनु पर्ने समय रहेको छ ।

प्रतिक्रिया