बेलायतमा १२औँ नेपाली मेला हुँदै
बेलायत । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था तमुधिं युकेले लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा मेला गर्न लागिएको जनाएको छ ।
नेपाली संस्कृति, कला र पहिचानलाई जहाँ पुगे पनि जगेर्ना गर्नुपर्छ भन्ने मूल उद्देश्यका साथ गरिन लागिएको नेपाली मेलामा यसपटक पनि नेपाली जातजातिका वेषभूषा र झाँकी प्रदर्शन गरिने तमुधिं युकेले जनाएको छ । नेपाली मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्ने र उक्त दिन लाग्ने खर्चमा नेपाली दूतावासले पनि आर्थिकरूपमा सहयोग गर्ने बताइएको छ । सार्क राष्ट्रबाट बेलायतमा दूतावास हुने देशहरूका कूटनीतिक प्रतिनिधिलाई निमन्त्रणाका लागि नेपाली दूतावासले जिम्मा लिएको छ ।
यही अगस्त १९ तारिखबाट बेलायतमा बन्दाबन्दी खुले पनि मास्क लगाउन यहाँको सरकारले अनुरोध गरेका कारण मेलामा पनि सबैलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध गरिएको छ । नेपाली कला र संस्कृतिका साथै नेपाली वस्तु र खानाहरूको बिक्री वितरणका लागि स्टल रहने जनाइएको छ । गत वर्षहरूमा झै यस वर्ष पनि दूतावासको तर्फबाट एक स्टल राखेर नेपाललाई चिनाउने पर्यटकीय दृश्य तथा नेपालसम्बन्धी जानकारी दिइने नेपाली दूतावासको योजना रहेको दूतावासले जनाएको छ ।
मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एक हजार एक सय पाउण्डसहित ‘एम्बासडर कप’ र प्रथम हुनेलाई अतिरिक्त ३०० पाउण्डको ‘एनआरएनए युके कप’ पनि दिइने बताइएको छ ।
झाँकीतर्फ प्रथम हुनेलाई ५०० र दोस्रो हुनेलाई ३०० तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोस्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ । मेलाका लागि नेपाली दूतावासबाट दुई हजार ५०० पाउण्ड सहयोग प्राप्त भएको तमुधिँ युकेले जानकारी दिएको छ ।रासस









कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया