माधव नेपाल नेतृत्व नेकपा एसको बैठक जारी, ओली पक्षका नेताहरू सहभागी
मेरोन्यूज
२०७८ भदौ ८ गते ११:५१

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भई नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने तयारीमा रहेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि चन्द्रागिरी रिसोर्टमा जारी रहेको छ ।
दल दर्ता गर्न निवेदन दिएको उक्त पक्षले बुधबार निर्वाचन आयोगमा सनाखत गर्न २० प्रतिशत केन्द्रीय सदस्य पुर्याउनु पर्ने भएको छ । एमालेको तत्कालीन २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये कम्तिमा ६० जना सदस्य आफ्नो पक्षमा रहेको बैठकमा उपस्थित एक नेताले बताए ।
यस्तै, नेपाल पक्षले २६ जना सांसद पुगेको दाबी गरिएको छ । बैठकले अन्तरिम विधान, घोषणा पत्र र नियमावली पारित गर्ने छ ।
यसैबीच, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्री बनेको प्रेम आलेसहित सुदूरपश्चिमबाट भीम रावलनिकट दीर्घ सोडारी र तारा लामा तामाङ बैठकमा उपस्थित रहेका छन् ।
सम्बन्धित











कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया