रौतहटका एसपी शाहलाई प्रदेश कार्यालय तान्ने तयारी

काठमाडौं । रौतहटका एसपी सिद्धिविक्रम शाहलाई प्रदेश प्रहरी कार्यालयमा तान्ने तयारी भएको छ । प्रहरी प्रधानकार्यालयले एसएसपी कृष्ण महतको नेतृत्वमा छानबिन थालेपछि उनलाई प्रदेश प्रहरी कार्यालयमा तानेर त्यहाँ अर्को एसपी पठाउन लागिएको हो ।
निमयविपरित घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध प्रयोग गरिएको सम्बन्धमा रौतहटका एसपी सिद्धिविक्रम शाहमाथि छानबिन शुरु भएको प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । शाहका घुमुवाले पत्रकारलाई लागुऔषध राखेर फसाउन खोजेको विषयमा एसपीकै संलग्नता रहेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले एसएसपी महतको संयोजकत्वमा समिति गठन गरी उनीमाथि छानवीन शुरु गरेको स्रोतको दावी छ ।
‘विवाद आयो त्यसकारण उनलाई प्रदेश प्रहरी कार्यालयल पठाउन लागिएको हो’, प्रहरी प्रवक्ता एवं एसएसपी वसन्तबहादुर कुँवरले भने । पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटना रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहकै योजनामा भएको आशंका गरिएको थियो । एसपी शाहले यो घटना लगतै घटनाका अभियुक्तसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनलाई शंकाको घेरामा राखिएको थियो ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ । गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। तर घटनामा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै पत्रकारलाई सोमबार छाडिएको थियो । नियमविपरित राखिएका घुमुवा प्रहरीले पत्रकार फसाउन खोज्दा आफै फसेका थिए ।
घुमुवा प्रहरीले पत्रकारकै मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्दा आफै फसेका हुन् । पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाइएका दुई प्रहरी अहिले निलम्बनमा परेका छन् । रौतहटका सञ्चारकर्मीले प्रहरीका घुमुवाले अनियमितता गरेको समाचार लेखेपछि उनीलाई लागुऔषध प्रयोग गरी सुनियोजित तवरले फसाउन खोजेका थिए । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी थप कारवाहीको प्रकृया अघि बढाएको थियो ।
असइ उदय र प्रहरी जवान मनोजको निर्देशनमा धीरज र जितेशकुमारले ३२ साउनमा स्थानीय होटेलअगाडि पार्क गरी राखेको मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेका थिए । मोजिबुल्लाह भने होटेलभित्र खाजा खान छिरेका बेला उनीहरु लागुऔषध राखेपछि घुमुवा प्रहरी पुगेर उनलाई पक्राउ गरिएको थियो । लागुऔषध राखेलगत्तै उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए । घटनाको पाँच दिनपछि होटेलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि मात्र प्रहरीकै मिलेमतोमा मोजिबुल्लाहलाई फसाइएको रहस्य खुलेको थियो ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया