शुक्रबार, पुष ४, २०८२

आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

ज्यो. दिवाकर पन्त २०७८ भदौ ९ गते ६:२५

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको ९ गते बुधबार, भाद्र कृष्णपक्षको तृतीया तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
पेशाप्रतिको केन्द्रीत हुने बानीमा तिब्रता आउँदा त्यसको कदर मिल्ने छ । पेशागत क्षेत्र सकारात्मक रहने छ जसबाट लाभ मिल्ने छ । दाम्पत्य जीवनमा खुशियाली आउने हुँदा दाम्पत्य जीवन उमङ्गले भरिएको हुने छ ।

वृष
बोलीको सकारात्मक प्रभावले गर्दा अरुको कदर प्राप्त हुने छ । रिसको मात्रा धेरै हुने भएकाले यस विषयमा सतर्क रहनु होला । पेशागत जीवनमा राम्रो नतिजा प्राप्त हुने छ । दुविधाले मनमा धेरै प्रभाव पार्ने हुँदा निर्णय लिन कठिनाई हुने छ ।

मिथुन
व्यवस्थापकीय क्षमता सवल रहने छ । बोलीमा आउने मिठासपनाले मानिसहरुले विश्वास गर्ने छन् । चतुरखालको व्यक्तित्व हुने हुँदा आफूलाई फाइदा हुने विषयमा निर्णय लिन सक्ने व्यक्तित्व हुने छ । वित्तिय अवस्थामा बृद्धि हुने छ ।

कर्कट
मनोबलमा कमि आउँदा गर्न सक्छु भन्ने भावनामा कमि देखिने छ । मनमा दुविधाका क्रम पनि बढ्ने हुँदा निर्णय क्षमामा कमि आउने छ । परिवारका सदस्यहरुले भरोसा गर्ने छन् भने सहयोग गर्ने छन् । पेशागत जीवनमा कठिनाईहरु आउने भएकाले सतर्क रही कदमहरु चाल्नु होला ।

सिंह
बोलीको प्रभाव बढ्ने भएकाले समाजका गन्यमान्य व्यक्तिहरुले विश्वास गर्ने छन् । आम्दानीमा बृद्धि हुन जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि बढोत्तरी हुने छ । पेशागत जीवनमा भने चुनौतिहरु देखा पर्ने भएकाले धैर्य भई निर्णय लिनु होला ।

कन्या
आफ्नो लक्ष्यप्रति होमिने स्वाभावको व्यक्तित्व हुने छ । बोली सितल खालको हुने भएकाले अरुले मन पराउने छन् । पेशागत क्षेत्र औसत खालको रहने छ । परिवारप्रति समर्पित भई कदमहरु चाल्न मन लाग्ने हुँदा परिवारको माया पनि पाइने छ ।

तुला
आम्दानीमा भने हल्का बृद्धि हुने छ । पेशागत जीवनमा अस्थिरताको क्रम देखा पर्ने छ । शान्त स्वाभावको व्यक्तित्व हुँदा हुँदै पनि कतिपय अवस्थामा कडा खालको बाणिका कारण मानिसहरुमा नकारात्मक छाप पर्न जाने छ । बौद्धिक क्षेत्रमा मन जाने छ ।

वृश्चिक
पेशागत जीवनमा सकारात्मक सुधार आउने छ । आम्दानीमा बढोत्तरी हुने छ । बोलीमा आउने कठोरपनाले आफैलाई हानि गर्ने भएकाले सतर्क रहनु होला । मनमा नकारात्मक विचारका क्रम देखा पर्ने र सकारात्मक दृष्टिकोणमा कमि आउन जाँदा जीवन र जगतप्रति गलत धारणा बन्न पुग्ने छ ।

धनु
जीवनसाथिको साथले सकारात्मक बाटोमा गति पैदा हुने छ । प्रतिष्पर्धात्मक क्षमता बेसद्ध हने छ भने आफ्नो लक्ष्यप्रति अघि बढ्न उर्जा प्राप्त हुने छ । पेशागत जीवनमा विभिन्न आरोप प्रत्यारोपको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । आफुले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा आउने छैन् ।

मकर
जीवनसाथिको साथले गर्दा कठिनाईसँग जुध्न मद्धत पुग्ने छ । दृढ व्यक्तित्व हुने छ तर अरुले घमण्डि खालको व्यक्तित्व भएको आभाष गर्ने छन् । पेशागत जीवनमा धेरै अपेक्षा भन्दा निरन्तरतालाई जोड दिँदा उपयुक्त हुने छ ।

कुम्भ
बौद्धिक क्षेत्रमा कदर मिल्ने छ । चलाख खालको व्यक्तित्व हुने छ । आफैले आँटेका काम अघि बढाउने क्रममा हुने आलोचनाले मनमा खिन्नता ल्याउने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरुसँग जुधेर अघि बढ्नु पर्ने समय रहेकाले निडर भएर लागि पर्नु होला ।

मीन
राखिएका लक्ष्यहरु प्राप्त हुने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । दाम्पत्य जीवनमा प्रेमिल वातावरण बन्ने छ । पेशागत जीवनमा भने केही अवरोधहरु सृजना हुने भएकाले संयमित रहनु होला । मनमा दिक्दारीले सताउने छ । भाग्यको साथ कम रहेकाले कार्य सफलतामा कमि आउने भएता पनि निरन्तर प्रयास जारी राख्नु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया