राष्ट्रिय महिला फुटबल टोलीमा ७ नयाँ खेलाडी

काठमाडौं । ७ नयाँ अनुहार सहित २३ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप–२०२२ को छनोट प्रतियोगिताका लागि ७ नयाँ अनुहारसहित नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेका हुन् ।
फिलिप्सले घोषणा गरेको २३ सदस्सीय टोलीमा बिमला बि.क, प्रीती राई, निशा थोकर, रजनी थोकर, सबिता रानामगर, सिर्जना सिंह र रश्मी घिसीङ नयाँ अनुहार हुन् । यससँगै आजबाट बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी विदा भएका छन् ।
अमिशा कार्की, अञ्जली वाईबा, मनिषा राउत र शर्मिला थापा २३ सदस्यीय टोलीमा अटाउन असफल रहे । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल फिलिफिन्सविरुद्ध १८ सेप्टेम्बरमा खेल्नेछ ।
दोस्रो खेल २१ सेप्टेम्बरमा हङकङविरुद्ध खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने एक टोलीले २०२२ मा भारतमा हुने एएफसी एसिया कपमा स्थान बनाउने छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया