राष्ट्रिय महिला फुटबल टोलीमा ७ नयाँ खेलाडी

काठमाडौं । ७ नयाँ अनुहार सहित २३ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप–२०२२ को छनोट प्रतियोगिताका लागि ७ नयाँ अनुहारसहित नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेका हुन् ।
फिलिप्सले घोषणा गरेको २३ सदस्सीय टोलीमा बिमला बि.क, प्रीती राई, निशा थोकर, रजनी थोकर, सबिता रानामगर, सिर्जना सिंह र रश्मी घिसीङ नयाँ अनुहार हुन् । यससँगै आजबाट बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी विदा भएका छन् ।
अमिशा कार्की, अञ्जली वाईबा, मनिषा राउत र शर्मिला थापा २३ सदस्यीय टोलीमा अटाउन असफल रहे । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल फिलिफिन्सविरुद्ध १८ सेप्टेम्बरमा खेल्नेछ ।
दोस्रो खेल २१ सेप्टेम्बरमा हङकङविरुद्ध खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने एक टोलीले २०२२ मा भारतमा हुने एएफसी एसिया कपमा स्थान बनाउने छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया