मैले ल्याउन खोजेको अध्यदेश पार्टी फुटाउन थिएन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले ल्याएको अध्यादेशबाट पार्टी फुटाउन नभई जोगाउने बताएका छन् । उनले आफ्नो पालामा पार्टीहरूमा विवाद नभएकाले पार्टी एक जुट बनाउन अध्यादेश ल्याउन लागेको बताएका हुन् ।
एमालेमा देखिएको तेस्रो धारका नेताहरूसँग १० बुँदे सम्झौता गरी पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले पार्टी एकताका लागि अध्यदेश ल्याउन लागेको बताएका हुन् । ‘संसद नचलेको अवस्थामा अध्यादेश जारी गरी देश सञ्चालन गर्नु पर्ने भएकाले यो विधि आफैमा राम्रो हो,’ उनले भने, ‘यो सरकारले बिहानै जारी संसद अधिवेशन अन्त्य गरी राति नै अध्यादेश ल्याउने तयारी गरेको भनेको एमालेलाई विभाजन गर्नुबाहेक केही होइन ।’
‘माधव नेपालसँग भएका सांसदको संख्याका आधारमा अध्यादेश ल्याएको भए पनि हुन्थ्यो, किन २० प्रतिशत भनिरहनु परेको हो ?,’ अध्यक्ष ओलीले भने, ‘नेकपा एमाले पार्टी फुटाउनु देशका लागि हो ? प्रतिपक्षी पार्टी फुटाउनु नैतिक कार्य होइन, यो गैर जिम्मेवारी र अनैतिक कार्य हो ?’
उनले लगभग ९ महिनाको समय संसद नचलेको भन्दै उनले यो महत्वपूर्ण समय देश भत्काउन काम भइरहेको बताए । आफू नेतृत्वको सरकार बाहिर गएसँगै देशमा कुनै काम नभएको उनले टिप्पणी गरे ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया