बुधबार, वैशाख ९, २०८३

क्रियाशील सदस्यको सूची माग्दै सानेपामा शीर्ष नेताहरुले दिए धर्ना

मेरोन्यूज २०७८ भदौ ९ गते १७:४३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनसनमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय सदस्यहरूले ऐक्यवद्धता जनाएर फर्केका छन्।

Advertisement
NiccNicc

जसमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु र दीपक गिरी रिले अनसनस्थल पार्टी कार्यालयमा पुगेर फर्केका हुन्।

१४ औं महाधिवेशनको प्रक्रिया सुरू हुन लागेका बेला वरिष्ठ नेता पौडेलनिकट जिल्ला सभापतिहरूले धर्ना र रिले अनसन सुरू गरेका हुन्।

उनीहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्, विधिअनुसार मात्रै क्रियाशील सदस्यता दिइयोस् र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

बुधबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक गरेर जिल्ला सभापतिहरूका मागमा समर्थन जनाएका पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू दिउँसो सानेपामा पुगेका थिए।

प्रतिक्रिया