अमेरिकी राष्ट्रपतिले भने : अफगानिस्तानमा हाम्रा लागि हरेक पल खतरा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्नो सेना चाँडो फिर्ता गर्नु पर्ने बताएका छन् । आगामी अगष्ट ३१ गतेभित्र अफगानिस्तानबाट सेनाहरू फिर्ता गर्ने बताएका हुन् ।
राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट चाँडो सेना फिर्ता नगरे तालिवानले हमला गर्न सक्ने बताएका छन् । ‘जति चाँडो हामीले हाम्रो सेना फिर्ता गर्न सक्छौँ, त्यति नै राम्रो हुन्छ,’ उनले भने, ‘अफगानिस्तानमा हाम्रा लागि हरेक पल खतरा रहेको छ ।’
राष्ट्रपति बाइडेनले तालिवानले दिएको अन्तिम समय अगष्ट ३१ गतेभित्र रेस्क्यू अपरेशन गर्नका लागि तीव्र रूपमा काम गर्नु पर्ने बताए । अफगानिस्तानमा संकट बढ्दै गएसँगै युरोपीय देशहरूले नेता बाइडेनमाथि दबाब दिँदै आएको छ ।
यसैबीच तालिवानका प्रवक्ता जविउल्लाह मुजाहिदले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अफगानिस्तानबाट कोही नागरिकले देश छाड्नु नपर्ने बताएका छन् । एजेन्सी


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया