घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार घुस लिएको अभियोग लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार दाँते ओखरको बिरुवा उत्पादन गरेबापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नका लागि घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा केही समय पहिले पक्राउ गरेको थियो । आयोगले बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
यस्तै, आयोगले पाँच हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहलाई पक्राउ गरेको छ । घरमा प्रयोग गर्नका लागि बिस्कुटलगायत घरायसी सामान नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको पाइएको आरोप लागेको छ । आरोपी साहको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया