प्रहरीको ‘प्रि–स्याट’ परीक्षा १७ भदौमा

काठमाडौं । चोरीको पुष्टि भएपछि रद्ध भएको राष्ट्रसंघको शान्ति मिशनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) भदौ १७ गते हुने भएको छ । १७ भदौमा सातवटै प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा एकै समयमा सञ्चालन हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक (एसएसपी) बसन्त कुँवरले जानकारी दिए ।
यसअघि साउन १५ र १६ गते लिएको परीक्षामा प्रश्नपत्र लिक भएको पुष्टि भएपछि परीक्षा रद्द गरिएको थियो । प्रश्नपत्र लिक’ भएपछि उक्त विषयमा छानबिनका लागि प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालयमा कार्यरत डीआईजी बसन्तकुमार लामाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो ।
बसन्त लामा नेतृत्वको छानबिन समितिले प्रश्नपत्र चोरी भएको पुष्टि गर्दै परिक्षा रद्ध गर्न सिफारिस गरेको थियो । साथै उक्त समितिले प्रश्नपत्र लिक भएको पुष्टि गर्दै लिक प्रकरणमा जोडिएका युएन शाखामा कार्यरत तीन जना प्रहरी नायब निरीक्षक जनकबहादुर थापा, कार्यालय सहयोगी सुरेश बमला र प्रहरीको साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई जागिरबाट हटाउन सिफारिस गरेको थियो । भने ११ जना प्रहरीलाई कसुर अनुसारको कारबाहीको सिफारिस समितिले गरेको थियो ।
११ जनामध्ये युएन शाखाकै प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरा, परीक्षा सञ्चालको जिम्मा पाएका अर्का एसपी बेद विष्ट र प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई प्रश्नपत्रको सुरक्षा गर्न नसकेको कसुर तथा अन्य आठ जना प्रहरी अधिकारीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया