शनिबार, चैत २८, २०८२

फोहोर टिप्ने बहानामा चोरी गर्ने युवा पक्राउ

मेरोन्यूज २०७८ भदौ ९ गते २१:५३

काठमाडौं । उपत्यकाको विभिन्न स्थानमा फलिएको फोहोर उठाउने निहँुमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकाका घर, कारखाना तथा बाटोमा फालिएका कार्टुनका टुक्राहरु लगायतका अन्य फोहोरमैला उठाउने भेष बनाएर चोरी गर्ने एक जना पक्राउ परेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

महानगरीय अपराध महाशाखाले महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित रातोखोला घर भई हाल मकवानपुरको बालकुमारी बस्दै आएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गेलाई पक्राउ गरेको हो ।

खाली ताला लगाईराखेका तथा सुनसान घरहरुबाट मौका छोपी नगद, ल्यापटप, मोबाईल तथा बिभिन्न सुन(चाँदीका गर–गहनाहरु चोरी गर्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा भदौ १ गते रातीको समयमा मध्यपुर ठिमीस्थित नरेन्द्रराज सिजापतीको घरबाट पक्राउ गरिएको हो । उनको साथबाट एमआई नोटबुक, नोकिया मोबाइल सेट थान १, २७ हजार रकमसहित १ लाख ८५ हजार ५ सय बराबरको धनमाल चोरी गरी लाग्ने क्रममा महाशाखाबाट खटिएको विशेष टोलीले भदौ ८ गते बालकुमारी पुलबाट पक्राउ गरेको हो ।

पहिलो पटक थिएन चोरी
प्रारम्भिक अनुसन्धानको क्रममा तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको भन्ने बुझिएको साथै अनुसन्धानको क्रममा डेल कम्पनीको ल्यापटप १ थान, लेनेभो ल्यापटप १ थान, भिभो मोबाईल एक थान र नोकिया मोबाईल एक थान बरामद गरेको छ ।

सो सामानहरुको पीडित नखुलेकोले प्रमाण खुलाउन सक्ने व्यक्तिहरुले यस कार्यालयमा सम्पर्क राख्न महाशाखाले अनुरोध गरिएको छ । पक्राउ परेका तोलाङ्गेलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुर पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया