‘१२ को परीक्षा भदौको अन्तिम वा असोजकोे पहिलो हप्ताबाटै गर्न सकिन्छ’

काठमाडौं । असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्न सकिने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । आज बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले खोपको व्यवस्थापन भदौसम्म भइसक्ने हुँदा परीक्षा गराउन समस्या नहुने बताएका हुन् । समितिले कक्षा १२ को विद्यार्थीलाई छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न निर्देशन दिएको छ ।
समितिका सभापति जययपुरी घर्तीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकेसम्म छिटो खोेपको व्यवस्था गर्न निर्देशन दिएकी हुन् ।
भदौ महिनासम्म प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्छौँ । त्यसैले परीक्षा भदौको अन्तिम वा असोजकोे पहिलो हप्ताबाटै गर्न सकिने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
बैठकमा पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका संसदीय समितिका सदस्य गिरिराजमणि पोखरेलले यथाशीघ्र कक्षा १२ को परीक्षा गराउनुपर्ने बताएका थिए ।












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया