‘१२ को परीक्षा भदौको अन्तिम वा असोजकोे पहिलो हप्ताबाटै गर्न सकिन्छ’

काठमाडौं । असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्न सकिने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । आज बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले खोपको व्यवस्थापन भदौसम्म भइसक्ने हुँदा परीक्षा गराउन समस्या नहुने बताएका हुन् । समितिले कक्षा १२ को विद्यार्थीलाई छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न निर्देशन दिएको छ ।
समितिका सभापति जययपुरी घर्तीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकेसम्म छिटो खोेपको व्यवस्था गर्न निर्देशन दिएकी हुन् ।
भदौ महिनासम्म प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्छौँ । त्यसैले परीक्षा भदौको अन्तिम वा असोजकोे पहिलो हप्ताबाटै गर्न सकिने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
बैठकमा पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका संसदीय समितिका सदस्य गिरिराजमणि पोखरेलले यथाशीघ्र कक्षा १२ को परीक्षा गराउनुपर्ने बताएका थिए ।
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया