थप तीन पालिकाका सेवाग्राहीलाई पनि आलोपालो प्रणाली

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन दैनिक ५०० भन्दा बढीको सङ्ख्यामा आउने भएपछि भीड कम गर्न समय तालिका हेरफेर गर्नुपर्ने अवस्था आएको बताए ।
कोभिड–१९ को सङ्क्रमणदर बढिरहेको अवस्थालाई दृष्टिगत गर्दै आगामी आइतबारदेखि लागू हुनेगरी समय तालिका हेरफेर गरिएको हो ।
त्यसअनुसार अर्को व्यवस्था नभएसम्मका लागि बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीका लागि मङ्गलबार तथा शुक्रबार र धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका तथा रोशी गाउँपालिकाका सेवाग्राहीका लागि सोमबार र बिहीबार समय तोकिएको छ ।
त्यसबाहेक जिल्लाका कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका र डाँडापारिस्थित विकट महाभारत र खानीखोला तथा तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि भने दैनिकरूपमा नै सेवा प्रवाह हुने जनाइएको छ ।
यसअघि गत साउन ३१ गतेदेखि कार्यालयले सबै गाउँपालिकाका हकमा दैनिकरूपमा सेवा प्रवाह गर्दै आएको र नगरपालिकाका सेवाग्राहीका लागि मात्रै आलोपालोरूपमा सेवा दिँदै आएको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया