अध्यादेशबाट नियुक्त भएका मुद्दाको इजलासमा प्रधानन्यायाधीशले बिदा बस्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यादेश र त्यसका आधारमा नियुक्ति गरिएको विषयमा परेको मुद्दा नहेर्ने भएका छन् । ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट करिब ८ महिनापछि शुक्रबार संवैधानिक इजलासको पेशीमा चढेसँगै उनले यस्तो बताएका हुन् ।
अध्यादेशअनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्मत रहेको भन्दै लिखित जवाफ पेश गरेका उनले इजलासमा सुनुवाई हुनु पर्ने रिट निवेदकहरुले माग गरेका छन् । उनले चार न्यायाधीशको रायमा आफ्नो सहमत हुने बताएका छन् ।
इजलासमा एक्लै आएका प्रधानन्यायाधीशले शुरुको र अन्तिम सुनुवाईका दिन आफू ‘एब्सेन्ट’ हुने जानकारीसमेत गराएका थिए । सोअनुसार अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दाको इजलासमा उनी बस्ने छैनन् ।
प्रधानन्यायाधीशले यो सुनुवाई हुने अन्तिम दिन बिदामा बस्ने भएका छन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया