अध्यादेशबाट नियुक्त भएका मुद्दाको इजलासमा प्रधानन्यायाधीशले बिदा बस्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यादेश र त्यसका आधारमा नियुक्ति गरिएको विषयमा परेको मुद्दा नहेर्ने भएका छन् । ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट करिब ८ महिनापछि शुक्रबार संवैधानिक इजलासको पेशीमा चढेसँगै उनले यस्तो बताएका हुन् ।
अध्यादेशअनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्मत रहेको भन्दै लिखित जवाफ पेश गरेका उनले इजलासमा सुनुवाई हुनु पर्ने रिट निवेदकहरुले माग गरेका छन् । उनले चार न्यायाधीशको रायमा आफ्नो सहमत हुने बताएका छन् ।
इजलासमा एक्लै आएका प्रधानन्यायाधीशले शुरुको र अन्तिम सुनुवाईका दिन आफू ‘एब्सेन्ट’ हुने जानकारीसमेत गराएका थिए । सोअनुसार अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दाको इजलासमा उनी बस्ने छैनन् ।
प्रधानन्यायाधीशले यो सुनुवाई हुने अन्तिम दिन बिदामा बस्ने भएका छन् ।















झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि
४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया