४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता

देशभर ४१ क्षेत्रमा मतगणनामा जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ३४ स्थानमा अग्रता कायम गरेको छ । यस्तै एमाले ५, नेपाली काँग्रेस ३ र नेकपा १ क्षेत्रमा अग्रता कायम गरेका छन् ।
प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका छन् ।रास्वपाले काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं–१० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।
त्यस्तै भक्तपुर–१ मा रुकेश रञ्जितले नेमकिपाका प्रेम सुवाललाई पछि पार्दै अग्रता लिएका छन् भने भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अघि छन् । मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी र मोरङ–५ मा आशा झाले अग्रता लिएका छन् ।
कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तम पौडेल र कास्की–३ मा बिना गुरुङले अग्रता लिएका छन् । रुपन्देही–२ मा सुलभ खरेल, बाँके–१ मा सुरेशकुमार चौधरी र कञ्चनपुर–२ मा दीपकराज बोहराले अग्रता लिएका छन् ।
धनुषा–३ मा मनिष झाले अग्रता लिएका छन् भने रौतहट–४ मा गणेश पौडेल र बारा–३ मा अरविन्द शाह अघि छन् । ललितपुर–२ मा जगदीश खरेल र चितवन–३ मा सोविता गौतमले अग्रता कायम गरेका छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया