बाढीले माछापोखरी र बङ्गुरको खोर बगाएपछि

कञ्चनपुर । अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ ।
दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताए ।
“ऋण निकालेर माछापालन र बङ्गुरपालनमा लागेको थिंए”, उनले भने “बाढीले बगाएर बिजोग पारेको छ ।”
बाढीले विद्युतका पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताए ।
विद्युतका पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उनले जानकारी दिए । मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ ।
चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो ।

















कैलाली–४ मा मतगणना सुरु
रवीन्द्र मिश्रले दिए रञ्जु दर्शनालाई बधाई
कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी
झापा– ४ मा रास्वपाको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया