शुक्रबार, फागुन २२, २०८२

काठमाडौँ महानगरको आह्वान : पार्क बनाउन सहयोग गरिदिनु

मेरोन्यूज २०७८ भदौ १२ गते १३:४५

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयन लागु गर्न सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै महानगरभित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो गरे । पर्याप्त बजेट छ, तर पार्क निर्माणका लागि स्थानीयबासीको सहयोग नहुँदा कतिपय ठाउँमा बनाउन नसकिएको उनको भनाई थियो ।

मेयर शाक्यले राम्रो पार्क बनाउने र राम्रो करिडोर बनाउने काममा महानगर प्रतिबद्ध रहेको दोहोर्याएका थिए । ‘कम्तिमा हरेक वडामा एउटा पार्क बनाउनु पर्छ भनेर नीति बनाएका छौँ । सार्वजनिक जग्गाहरू धेरै छन । हिजो भएका पार्कहरुलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘बजेटको समस्या होइन् तर स्थानीयको सहयोग भएन भने काम गर्न सकिदैन ।’

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरका पूर्व मेयर केशव स्थापितले भुकुटीमण्डभित्र ठूलो प्रर्दशनी हल बनाउन काठमाडौं महानगरको ध्यानाकर्षण गराए । उनले त्यसका लागि काठमाडौं महानगरले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाई गर्न नहुने बताए ।

कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको शुभारम्भ गरेका थिए । बागमती प्रदेशसभा सदस्यसमेत रहेका उनले बागमती प्रदेश सरकारको १ करोड ३८ लाख सहयोगमा निर्माण गरिएको सो करिडोरको उदघाटन गरेका हुन् ।

प्रतिक्रिया