पहिरोमा बेपत्ता तीन जनाको शव फेला
काठमाडौँ । पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको पहिरोमा परी तीन जना बेपत्ता भएका थिए ।
उनीहरूको शनिबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए । शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दासमेत पहिरामा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरामा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए ।
हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए । हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।

















कैलाली–४ मा मतगणना सुरु
रवीन्द्र मिश्रले दिए रञ्जु दर्शनालाई बधाई
कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी
झापा– ४ मा रास्वपाको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
प्रतिक्रिया